प्रेस युनियनको एक सय दिने सदस्यता विशेष अभियान सुरु
सारांश
- नेपाल प्रेस युनियनले 'सदस्यता विशेष अभियान' सुरु गरेको छ, जुन काठमाडौँ शाखाबाट सुरु भयो।
- अभियानको शुभारम्भमा युनियनका अध्यक्ष र अन्य सल्लाहकारहरूले सदस्यता नवीकरण गरे।
- यो अभियान साउन १४ देखि कात्तिक २१ गतेसम्म चल्नेछ, जसमा क्रियाशील पत्रकारको सदस्यता नवीकरण गरिनेछ।
काठमाडौँ । नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’ सुरुवात गरेको छ । प्रेस युनियन केन्द्रीय समितिको निर्णयअनुसार आज काठमाडौँ शाखामार्फत औपचारिक रुपमा अभियान सुरुवात गरिएको हो ।
प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, प्रेस युनियनका सल्लाहकारद्वय तारानाथ दाहाल र धर्मेन्द्र झाले एक कार्यक्रमका बीच आफ्नो सदस्यता नवीकरण गरेर अभियानको शुभारम्भ गरेका छन् ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष महेश गौतमको अध्यक्षतामा सुरु भएको शुभारम्भ अभियानमा क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण र नयाँ सदस्यता दिने घोषणा गरिएको छ । सदस्यता विशेष अभियानले पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशील सञ्चारकर्मीलाई सदस्यता दिलाउन सहयोग पुग्ने प्रेस युनियनका अध्यक्ष लम्सालले जानकारी दिए ।
प्रेस युनियन सदस्यता विशेष अभियान साउन १४ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन गर्ने प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए । सञ्चार क्षेत्रमा कार्यरत क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण गर्न र सञ्चारमाध्यममा कार्यरत रहेको प्रमाणसहित आवेदन दिएका आधारमा मात्र नयाँ सदस्यताको सिफारिस गर्न निर्देश गरिएको युनियनले जनाएको छ ।
शाखाले प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएका सदस्यता आवेदन तथा नवीकरण फारमसहितका आवश्यक कागजात तथा शुल्क बुझाएको आधारमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृत हुने युनियनले जनाएको छ ।
सदस्यता विशेष अभियान शुभारम्भ कार्यक्रममा नेपाल प्रत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, नेपाल प्रेस युनियनका युनियनद्वय सल्लाहकार तारानाथ दाहाल र धर्मेन्द्र झा, प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहाललगायतले सदस्यता अभियानका बारेमा धारणा राखेका राखेका हुन् ।
सदस्यता अभियान सञ्चालन गर्न केन्द्रीय समितिले ७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखालाई सर्कुलर गरेको युनियनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण