राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्यागको घोषणा
बिहीबार, १५ साउन २०८२, २२ : ५४
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेका छन्।
- उनले पार्टीभित्र चाकडी, भागबन्डा र हैकमवादी प्रवृत्ति हाबी भएको आरोप लगाएका छन्।
- कार्कीले राप्रपाको साधारण सदस्य समेत परित्याग गर्दै स्वतन्त्र जीवन बिताउने घोषणा गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले राप्रपा त्यागेको घोषणा गरेका हुन् ।
केन्द्रीय सदस्य कार्कीले पछिल्लो समय पार्टीभित्र चाकडी, चाप्लुसी, सिद्धान्तभन्दा भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिने प्रवृत्ति हाबी हुँदै गएको बताउँदै पुराना, इमानदार र जनाधार भएका कार्यकर्तालाई अपमानित र पाखा लगाउने अभ्यासले सङ्गठनको आत्मा मरेको आरोप लगाएका छन् । उनले नेतृत्वमा पनि अहङ्कार, भागबन्डा र हैकमवादी प्रवृत्ति हाबी भएको बताउँदै यसबाट पार्टी सुधारको कुनै सम्भावना नदेखेर पार्टी त्यागेको बताएका छन् ।
कार्कीले आजैका मितिदेखि राप्रपाको साधारण सदस्य समेत परित्याग गर्दै स्वतन्त्र जीवनमार्फत जनताको सेवामा समर्पित रहने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण