वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
सारांश
- प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा अक्षय श्रेष्ठ, सुसान चुडाल, प्रदीप हमाल र मञ्जु दाहाल रहेका छन्।
- उनीहरूले युके, बोस्निया, अजरबैजान र अमेरिका पठाउने भन्दै पीडितहरूबाट लाखौं रकम ठगी गरेका थिए।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिका–१० बस्ने काठमाडौँ महानगरपालिका–३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौँ महानगरपालिका–१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका–१ घर भएका ३० वर्षीय प्रदीप हमाल र काठमाडौँ महानगरपालिका–३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–६ घर भएका ३६ वर्षीया मञ्जु दाहाल रहेका छन् ।
पक्राउ मध्ये अक्षयले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख २९ हजार रुपैयाँ, सुसानले बोस्निया र हर्जगोभिना पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख ६३ हजार रुपैयाँ, प्रदिपले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २० हजार रुपैयाँ र मञ्जुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अक्षयलाई काठमाडौँ महानगरपालिका–१३ बाट बुधबार तथा सुसानलाई काठमाडौँ महानगरपालिका–३२ बाट पक्राउ गरेको हो । प्रदीपलाई काठमाडौँ महानगरपालिका–२६ बाट र मञ्जुलाई काठमाडौँ महानगरपालिका– १२ बाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउमध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने सुसान, प्रदीप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण