नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत
सारांश
- विनयजङ्ग बस्नेतले नवलपुरमा बेवारिसे शव व्यवस्थापन सुरु गरेका छन्।
- उनले कावासोतीमा शाखा खोलेर नवलपुर, चितवन र मकवानपुरका बेवारिसे शव व्यवस्थापन गर्नेछन्।
- बस्नेतले बेवारिसे शवको दाहसंस्कार, आश्रम र पुन:स्थापना केन्द्रमा उपचारको व्यवस्था गरेका छन्।
परासी । पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतले नवलपुरमा समेत बेवारिसे शव व्यवस्थापन सुरु गरेका छन् ।
नवलपुरको कावासोतीमा बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा सञ्चालन गरी उनले नवलपुर, चितवन र मकवानपुरमा भेटिएका बेवारिसे शवको व्यवस्थापन सुरु गरेका हुन् ।
हालसम्म सात हजार बढी बेवारिसे शवको व्यवस्थान गरिसकेको उल्लेख गर्दै उनले अब नवलपुरमा समेत अभियान सुरु गरिएको बताए । उनले आफ्नो संस्थाले बेवारिसे शवको दाहसंस्कारसँगै सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आश्रम, दुव्र्यसनी भएमा निःशुल्क पुनःस्थापना केन्द्रमा लगेर उपचार गर्ने र आफन्त नभेटिएका शवको दाहसंस्कार गर्ने काम गर्दै आएको बताए ।
बस्नेतले आफूले पैसा र नामका लागि नभई सामाजिक उत्तरदायित्व बहन गर्न बेवारिसे शवको व्यवस्थापन गर्दै आएको भन्दै यस अभियान प्रहरी प्रशासनले पनि सघाइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण