थारु आयोगमा बिदाको विवाद : सदस्यले कार्यकक्षमा थुनिन् कार्यवाहक अध्यक्षलाई
सारांश
- थारु आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुको कार्यकक्षमा तालाबन्दी गरिन्।
- मोदी र कार्यवाहक अध्यक्षबीचको बिदाको विषयमा विवाद रहेको थियो, किनभने मोदी एक महिनादेखि सम्पर्कमा थिइनन्।
- मोदीले सामाजिक सञ्जालमा आफूले फेरि तालाबन्दी गर्ने बताएकी छिन्।
काठमाडौँ । थारु आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुको कार्यकक्षमा तालाबन्दी गरेकी छन् । सिंह कार्यकक्षमा रहेका बेला मोदीले तालाबन्दी गरेकी हुन् ।
आयोगमा मोदीको बिदालाई लिएर विवाद देखिएको थियो । उनी एक महिनादेखि सम्पर्कविहीन रहेको कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले यसअघि बताएका थिए । मोदीले गत असार १३ गते आफ्नो चालकलाई पत्र पठाएर एक साताका लागि बिदा बसेको जानकारी गराएकी थिइन् । तर एक महिना बढी भइसक्दा पनि मोदीसँग सम्पर्क हुन नसकेको थारुको भनाई थियो ।
कार्यवाहक अध्यक्ष थारुका अनुसार मोदीले बिदा लिएर अमेरिका जाने गरेकी थिइन् । मोदी सम्पर्कविहीन हुँदा आयोगको काम पनि प्रभावित भएको र असार मसान्तमा उनी सम्बन्धित कुनै पनि कार्यक्रम भएको उनको भनाई थियो । मोदीका श्रीमान् अमेरिका बस्छन् । त्यही भएर उनी आउजाउ गर्ने गर्थिन् ।
यता, तालाबन्दी गरेकी मोदीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अहिले खोलिदिएको हो, निस्केपछि फेरि लगाउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण