यात्रुवाहक बस दुर्घटना अपडेट : ५ जना घाइतेलाई अस्पताल लगियो
सारांश
- तनहुँमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना घाइते भए, जसमध्ये २ जनालाई भरतपुर अस्पतालमा रेफर गरियो।
- नारायणगढबाट गोर्खातर्फ जाँदै गरेको बा२ ख १०७७ नम्बरको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहरामा दुर्घटना भई मर्स्याङ्दी नदीमा खस्यो।
- दुर्घटनाको खबरपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उद्धार कार्य गर्यो।
तनहुँ । तनहुँमा आइतबार दिउँसाे यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा गोरखा सहिद लखन गाउँपालिका ६ बस्ने वर्ष ४० की सुनु थापा,गोरखा नगरपालिका ९ बस्ने ५४ को सनबहादुर गुरुङ,गोरखा सहिद लखन गाउँपालिका ६ बस्ने २८ वर्षिया मिना थापा र आँबुखैरेनी गाउँपालिका १ बस्ने ७ वर्षिय खुशी रामदाम रहेका छन् ।
त्यसमध्ये गम्भीर २ घाइतेलाई चितवनस्थित भरतपुर अस्पताल रेफर गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार नारायणगढबाट गोर्खातर्फ जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खसेको हो ।
बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण