वेस्ट इन्डिजविरुद्ध पाकिस्तानलाई लगातार सातौँ टी–२० शृङ्खला
सारांश
- पाकिस्तानले वेस्ट इन्डिजलाई १३ रनले पराजित गर्दै टी-२० शृङ्खला २-१ ले जितेको छ।
- वेस्ट इन्डिजका एलिक अथनाजे र सेरफान रथरफोर्डले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन्।
- साहिबजादा फरहानले ७४ रन र सइम अयुबले ६६ रन बनाउदै पाकिस्तानलाई राम्रो स्कोर दिलाए।
लाउडरहिल । अन्तिम खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई हराउँदै पाकिस्तानले टी–२० शृङ्खला २–१ ले कब्जा गर्न सफल भएको छ । पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेको यो लगातार सातौँ अवसर हो ।
स्थानीय समयअनुसार आइतबार राति भएको खेलमा पाकिस्तान १३ रनले विजयी बन्यो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो ।
घरेलु टोलीका लागि एलिक अथनाजे र सेरफान रथरफोर्डले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अथनाजेले ४० बलमा सर्वाधिक ६० रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, रथरफोर्डले ३५ बलमा ५१ रन जोडे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । ज्वेल एन्ड्र्युले १५ बलमा २४ रन तथा रोस्टन चेसले १२ बलमा १५ रन बनाए ।
पाकिस्तानका लागि हसन अली, मोहम्मद नवाज, ह्यारिस राउफ, सइम अयुब र सुफियान मुकिमले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । टोलीका लागि ओपनर साहिबजादा फरहानले सर्वाधिक ७४ रन बनाए । उनले ३ चौका र ५ छक्का हिर्काए ।
अर्का ओपनर सइम अयुबले ४९ बलमा ६६ रन जोडे । उनले ४ चौका र २ छक्का प्रहार गरे । दुवैले पहिलो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेका थिए । जेसन होल्डर, रोस्टन चेस र समार जोसेफले १–१ विकेट लिए ।
शृङ्खलाको पहिलो खेलमा पाकिस्तान १४ रनले विजयी बनेको थियो भने दोस्रो खेलमा घरेलु टोलीले २ विकेटको जित हात पारेको थियो । अब दुई टोली एक दिवसीय शृङ्खलामा आमनेसामने हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण