गंगानारायण श्रेष्ठले पाए माओवादी पार्टी स्कुल उपप्रमुखको जिम्मेवारी
सारांश
- नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ माओवादी केन्द्रको स्कुल विभाग उपप्रमुख बनेका छन्।
- माओवादी स्थायी समिति बैठकले श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
- डा. विजय सैंजुले बागमती प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारी पाएका छन्।
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)बाट एकतामा जोडिएका गंगानारायण श्रेष्ठले नेकपा(माओवादी केन्द्र)को पार्टी स्कुल विभाग उपप्रमुखको जिम्मेवारी पाएका छन् । सोमबार सम्पन्न माओवादी स्थायी समिति बैठकले श्रेष्ठलाई जिम्मेवारी दिएको उपमहासचिव मातृका यादवले जानकारी दिए ।
२०८१ माघ २१ गते बसेको पदाधिकारी बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहइन्चार्ज उपमहासचिव गिरिराजमणि पोखरेललाई दिएको थियो । यस्तै नेपाः राष्ट्रिय पार्टीबाट आएका डा. विजय सैंजुले बागमती प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारी पाएका छन् ।
बागमती प्रदेशको इन्चार्जमा सचिव हितमान शाक्य रहेका छन् । श्रेष्ठ र सैंजुको पार्टीले जेठ १२ गते माओवादीसँग एकता गरेको थियो । त्यतिबेला श्रेष्ठलाई सचिव र सैंजुलाई स्थायी समिति सदस्य बनाएको थियो । एकतामा जोडिएका अन्य नेताहरूको जिम्मेवारी आवश्यक छलफल गरी जिम्मेवारी दिएको र पुराना नेताहरूको हकमा यथावत् रहेको यादवले बताए ।
‘पार्टीले एकताबाट आएका गंगानारायणजी र विजयजीलाई मात्र जिम्मेवारी दिएको हो । पुराना नेताहरूको जिम्मेवारी यथावत् राखिएको छ । एकतामा आएका अन्य नेताहरूको विषयमा अहिले कुनै निर्णय भएको छ । छलफल गरेर पछि जिम्मेवारी दिन्छ’, रातोपाटीसँग उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण