बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमतीका स्वास्थ्य मन्त्री थापाले जीआईओएमएस प्रणालीमार्फत गरे ३ वटा निर्णय

मङ्गलबार, २० साउन २०८२, १९ : २८
मङ्गलबार, २० साउन २०८२

सारांश

  • स्वास्थ्य मन्त्री किरण थापाले जीआईओएमएस मार्फत ३ वटा निर्णय गरे।
  • बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली विकास गर्ने निर्णय गरियो।
  • मन्त्री थापाले स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित बनाउन जीपीएस प्रणाली जडान गर्ने निर्णय गरे।

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) मार्फत ३ वटा निर्णयहरू गरेका छन् ।

उनले जीआईओएमएसमार्फत बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली विकास गर्ने निर्णय गरेका हुन् ।

स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको हो । उक्त प्रणालीले स्वास्थ्य सेवा प्रवाहमा छिटो र छरितो हुने विश्वास मन्त्री थापाले व्यक्त गरे ।

यस्तै स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका सवारी साधनहरूको व्यवस्थापन तथा समन्वय गर्न ‘जीपीएस’ प्रणाली जडान गर्ने निर्णयसमेत गरिएको छ ।

यस्तै प्रदेशभर आयुर्वेद तथा वैकल्पिक  चिकित्सालयहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागु गर्ने पनि गरिएको छ । उक्त निर्णयहरू डिजिटल स्वास्थ्य क्षेत्र रुपान्तरणको महत्त्वपूर्ण कदम हुने मन्त्रालयका सचीव डा. सुमित्रा गौतमले बताइन् ।

थापा २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए भने मंगलबार मात्र गठन भएको इन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्रिमण्डलमा पुनः स्वास्थ्यमन्त्री नियुक्त भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप