काठमाडौँ । जनै पूर्णिमा नजिकिएसँगै बजारमा जनै, रक्षाबन्धन र राखीको व्यापार बढेको छ । यही शनिवार साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्वको लागि मानिसहरूले बजारमा सामाग्री किन्न सुरु गरेका हुन् ।
_jHrzWA1jMu.jpg)
जनै पूर्णिमाको भोलिपल्ट परेको गाईजात्राको लागि आवश्यक सामाग्रीहरू किन्ने ग्राहकको सङ्ख्या पनि उल्लेख्य छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।
_CFcnEahS7b.jpg)
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्रधारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
_ugTvJoUe1x.jpg)
हरेक वर्ष भदौ कृष्ण प्रतिपदाका दिन नेवार समुदायले विशेष रुपमा मनाउने गाईजात्रा दिन वर्ष दिनभरिमा दिवङ्गत भएका आफन्तहरू यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी तर्न सजिलो होस् भनेर नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउने गरिन्छ ।
गाईजात्रा पनि नजिकिँदा मुखुण्डो लगायत गाईजात्रामा उपयोग गरिने सामाग्रीको कारोबार वृद्धि भएको छ ।
_d6ybMsblQO.jpg)
_3AeWSrjBWR.jpg)
_uRuSTLv0kj.jpg)
_1Hvx9yD3Px.jpg)
_f2ttrefUVz.jpg)
_TsSSOUIqTD.jpg)
_XhIZOgRlvO.jpg)
_6bUkAHfK3i.jpg)
_WSG8Q5TWEM.jpg)
_Th4Ufsf3E8.jpg)
_HcpOuX8og4.jpg)
_si3VQu2zYQ.jpg)
_8PnQNF3fwV.jpg)
_3QF80u3yHd.jpg)
_SNFmbgIx4R.jpg)
_NwBVAQtjdR.jpg)
_aMXPkAm0zl.jpg)
_Aot10tZX5q.jpg)
_2RtvvMDYzq.jpg)
_puRb9DkjOt.jpg)
_mHBCLqkx3y.jpg)
_hP7zVjRkdj.jpg)
प्रतिक्रिया