शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोदाममा सशस्त्र प्रहरीको छापा, ३५ लाख भन्दा बढीका सामानसहित एक जना नियन्त्रणमा

बिहीबार, २२ साउन २०८२, १९ : २१
बिहीबार, २२ साउन २०८२

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीस्थित गोल मार्केटबाट ३५ लाख बढीका सामानसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

बिहीबार ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडासहित सोही ठाउँमा रहेको राधा गोविन्द सप्लायर्सका सञ्चालक ३४ वर्षिय अंकुश गुप्तालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । 

३४ नम्बर गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलीको लत्ताकपडा सहित गोदाम सञ्चालकलाई  नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताए । 

सञ्चालक गुप्तालाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी थापाले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप