एमाले बागमतीको प्रमुख सचेतकमा श्रेष्ठ नियुक्त
बिहीबार, २२ साउन २०८२, १९ : ४९
सारांश
- एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन्।
- संसदीय दलका नेता जगन्नाथ थपलियाले श्रेष्ठलाई नियुक्ति पत्र प्रदान गरे।
- श्रेष्ठ यसअघि प्रदेशको मन्त्री समेत भइसकेका थिए।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन् ।संसदीय दलको नेता जगन्नाथ थपलियाले उनलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन् ।
बिहीबार संसदीय दलको कार्यालय हेटौँडामा नेता थपलियाले उनलाई नियुक्ति पत्र प्रदान गरिएको हो । नेता थपलियाले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम गत साउन २० मा प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन् ।
प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री समेत भइसकेका श्रेष्ठ मकवानपुर क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
उनलाई हाल रिक्त रहेको संसदीय दलको सचेतक पदमा नियुक्त गरिएको हो । एमाले सांसद मदुसुदन पौडेल प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएसँगै सो पद रिक्त रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण