बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाजा पूरै कब्जा गर्नेबारे के भन्छन् नेतन्याहू ?

शुक्रबार, २३ साउन २०८२, ०६ : ३६
शुक्रबार, २३ साउन २०८२

सारांश

  • इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाहीको योजनाबारे छलफल सुरु गरेको छ।
  • प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको पूर्ण नियन्त्रण लिने आफ्नो मनसाय व्यक्त गरेका छन्।
  • विपक्षी नेता यायर लापिडले नेतन्याहूको प्रस्तावलाई अर्को युद्ध र बन्धकको प्रस्तावको रूपमा टिप्पणी गरे।

तेल अभिभ । इजरायली सुरक्षा मन्त्रिपरिषद्को बैठकले गाजामा सैन्य कारबाहीको योजनाको बारेमा छलफल गर्न सुरु गरेको छ । यस्तो छलफल सुरु भएको इजरायली सञ्चार माध्यमले बताएको भन्दै बीबीसीले एउटा समाचार छापेको छ । 

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फक्स न्यूजसँगको कुराकानीमा गाजाको पूर्ण नियन्त्रण लिने आफ्नो मनसाय व्यक्त गरेका थिए । गाजा कब्जाबारे उनको मनसायबारे सोध्दा नेतान्याहूले भने, ‘हामी सम्पूर्ण गाजाको नियन्त्रण चाहन्छौँ । हाम्रो सुरक्षा सुनिश्चित गर्न, हामी हमासलाई त्यहाँ (गाजा)बाट हटाउन चाहन्छौँ......। हामी गाजालाई हमासको आतङ्कबाट मुक्त गर्न चाहन्छौँ ।’ 

‘हामी चाहन्छौँ कि गाजालाई एउटा नागरिक प्रशासनलाई सुम्पियोस् जुन न त हमास हो न त इजरायलको विनाशको वकालत गर्ने व्यक्ति हो’ अझ अगाडि उनले भनेका थिए । साथै नेतन्याहूले यो पनि भनेका थिए कि उनी गाजालाई आफूसँग राख्न चाहँदैनन् । 

‘हामी एउटा सुरक्षा दायरा चाहन्छौँ । हामी यसमाथि शासन गर्न चाहँदैनौं । हामी त्यहाँ प्रशासनिक निकायको रूपमा रहन पनि चाहँदैनौं ।’ उनले भनेका थिए । विगत केही दिनदेखि मिडियामा प्रधानमन्त्री नेतान्याहूले गाजाको पूर्ण नियन्त्रण लिने निर्णय गरेको खबरहरू आइरहेका छन् । गाजामाथि पूर्ण नियन्त्रण लिने नेतन्याहूको प्रस्ताव वास्तवमा अर्काे युद्ध र बन्धक अनि मृत्युको प्रस्ताव भएको इजरायलका विपक्षी नेता यायर लापिडको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप