राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्नेछ, जसमा विभिन्न एजेन्डाहरूमा छलफल हुनेछ।
- बैठकमा पार्टी गतिविधि, विभागको प्रगति रिपोर्ट, र उपनिर्वाचन अपडेट लगायतका विषयमा छलफल हुनेछ।
- विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था र रवि लामिछानेमाथिको विषयमा पनि छलफल हुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्नेछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बैठक बस्ने प्रवक्ता मनिस झाले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधि सम्बन्धमा, केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही सङ्गठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिबेनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
साथै बैठकमा प्रदेश इन्चार्जहरूले प्रदेश रणनीतिबारे सार एवं रिपोर्ट प्रस्तुत गर्नेछन् । उनीहरूको लागि अधिकतम ३ मिनेट समय छुट्याइने प्रवक्ता झाले बताए । केन्द्रीय सदस्यले रिपोर्टिङको लागि अधिकतम २ मिनेट समय पाउनेछन् ।
बैठकले पार्टी सचिवालय बैठकका निर्णयहरूमा पनि छलफल र अनुमोदन गर्नेछ भने विधान व्याख्या अनुमोदन सम्बन्धमा, केन्द्रीय विभागको प्रमुख मनोनयन सम्बन्धमा र पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा पनि आवश्यक निर्णय गर्नेछ ।
विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण