वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
सारांश
- प्रहरीले आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरूले क्यानडा, युएई, क्रोएसिया र अमेरिका पठाउने भन्दै रकम ठगी गरेका थिए।
- पीडितको उजुरीको आधारमा उनीहरूलाई काठमाडौँ र ललितपुरबाट पक्राउ गरिएको हो।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका–७ बस्ने तनहुँ भानु नगरपालिका–११ घर भएका ५५ वर्षीय योगराज गुरुङ, काठमाडौँ चन्द्रागिरि नगरपालिका–४ बस्ने सर्लाही लालबन्दी नगरपालिका–४ घर भएका ३८ वर्षीया खेमकुमारी श्रेष्ठ मानन्धर, काठमाडौँ टोखा नगरपालिका–७ बस्ने बागलुङ जैमिनी नगरपालिका–८ घर भएका ५२ वर्षीय रामचन्द्र शर्मा र ललितपुर, ललितपुर महानगरपालिका–१४ बस्ने सुनसरी धरान उपमहानगरपालिका–११ घर भएका ६२ वर्षीय राजु मगर रहेका छन् ।
पक्राउ मध्ये योगराजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ, खेम कुमारीले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ५ लाख रुपैयाँ, रामचन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३५ हजार रुपैयाँ र
राजुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले योगराजलाई टोखा नगरपालिका–९ बाट, खेम
कुमारीलाई काठमाडौँ महानगरपालिका–९ बाट र रामचन्द्रलाई काठमाडौँ टोखा नगरपालिकाबाट बुधबार तथा राजुलाई ललितपुर महानगरपालिका–१४ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण