१० रुपैयाँ दिएर ११ वर्षीया बालिकामाथि बलात्कार
शुक्रबार, २३ साउन २०८२, १६ : १६
सारांश
- पर्सामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- ४६ वर्षीय अशोक साहलाई १० रुपैयाँ दिएर बालिकालाई जङ्गलमा बलात्कार गरेको आरोप लागेको छ।
- प्रहरीले साहलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ र अदालतबाट म्याद थप गरिएको छ।
वीरगन्ज । पर्सा जिल्लामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्।
बाख्रा चराउन गएकी ११ वर्षीया बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ गरी बलात्कार गरेको आरोपमा पर्सा ठोरी गाउँपालिका-२ तीनघरे बस्ने ४६ वर्षीय अशोक साह पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन २१ गते आरोपित साहले ठोरीको जङ्गलमा बलात्कार गरेको जाहेरी आएको थियो, सोही आधारमा उनलाई पक्राउ गरिएको हो । साहलाई ठोरी गाउँपालिका वडा नम्बर २ कै घरबाट पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार उनलाई जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण