बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रेस थ्रीले अत्यधिक कमाएपछि सलमानले दिए धन्यवादः जवाफमा प्रशंसकले भने, ‘टिकटको पैसा फिर्ता गर्नुहुन्छ ?’

सोमबार, ११ असार २०७५, ११ : ५०
सोमबार, ११ असार २०७५

सलमान खानको फिल्म रेस–थ्रीले रिलिजको दुई हप्ता नबित्दै एक सय पचास करोड कमाइसकेको छ । फिल्म पहिलो हप्तामा नै सय करोड क्लबमा समावेश भएको थियो ।

फिल्मको अत्यधिक सफलतापछि सलमानले एउटा ट्वीट गरे, ‘म फिल्म हल गएर रेस थ्री हेर्ने हरेक दर्शकलाई धन्यवाद दिन चाहन्छु र यसलाई तपाईंहरुले मन पराउनुभएकोमा म निकै खुसी छु । फिल्मका लागि गरेको सबैको प्रयासको सराहनासमेत गर्छु । ईश्वरले तपाईंमाथि कृपा गरुन् र तपाईं फिल्म हेरिरहनुहोस् । हाम्रो लागि यो कुराले निकै महत्व राख्छ ।’

सलमानको ट्वीटपछि सोसल मिडिया प्रयोगकर्ताले उनको मजाक उडाउन थाले । एकजनाले ‘टिकटको पैसा फिर्ता गर्नुहुन्छ ?’ भनेर सोध्नसमेत भ्याए ।

एक प्रयोगकर्ताले सलमानको ट्वीटमा कमेन्ट गर्दै भने, ‘सर, तपाईंले के हाम्रो त्यो पैसा फिर्ता गर्नुहुन्छ, जसबाट हामीले टिकट खरिद गरेका थियौं ?’

अर्का एक प्रयोगकर्ताले भने, ‘धन्यवाद नभन्नुहोस् । कुनै पनि तीनजना रेस थ्रीका दर्शकलाई पैसा फिर्ता दिनुहोस् र उनीहरुहरुलाई पनि अन्य तीनजनालाई पैसा फिर्ता गर्न आग्रह गर्नुहोस् ।’

सलमानको नयाँ फिल्म बक्स अफिसमा हिट रह्यो तर धेरैजसो क्रिटिकले यसलाई निकै कमजोर फिल्म बताएका छन् । फिल्मले विश्वव्यापी दुई सय ५५ करोडको कमाई गरेको छ ।

फिल्मले सोसल मिडियामा नकारात्मक रिभ्यू पाइरहेको छ । फिल्मको डायलग, अभिनय, एक्सन, संगीतको प्रयोग गरेर विभिन्न मेमेसमेत बनाइएका छन् ।

रेस थ्रीबाट निराश ट्वीटरका थुप्रै प्रयोगकताएले सोसल मिडियामा वी डन्ट वान्ट दबंग थ्री ह्यासट्यागको सुरुवातसमेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप