अरबाजले विवेकलाई भनेका थिए, यदि सलमान तिम्रो घरमा आएर हंगामा गरे भने जे सही लाग्छ त्यो गर, हाम्रो दोस्ती टुट्ने छैन’
सलमान खानको फिल्म ‘रेस थ्री’ ले बक्स अफिसमा अहिलेसम्म करिब १ सय ५० करोड भारुको कमाई गरिसकेको छ । फिल्मको कहानी सिकन्दर (सलमान खान) र उनको दुश्मन वरिपरि घुम्छ । हुन त रियल लाइफमा पनि सलमानका थुप्रै दुश्मन छन् । यीमध्ये फिल्म इन्डष्ट्रिबाट विवेक ओबरोयको नाम सुरुमा आउँछ । तर सलमानका भाइ अरबाज र सोहेल विवेकका निकै राम्रा साथी भएको धेरैलाई थाहा नहोला । सन् २००३ को अप्रिल १ तारिखमा सलमान विरुद्ध एक पत्रकार सम्मेलनमा विवेकले सो कुरा बताएका थिए ।
अरबाजले भनेका थिए सलमानका कारण टुट्ने छैन दोस्तीः विवेक
विवेकले पत्रकार सम्मेलनमा भनेका थिए – ‘२९ मार्च (सन् २००३) को रात साढे १२ बजेदेखि बिहानको पाँच बजेसम्म सलमानले मलाई ४१ पटक फोन गरे । मेरो हत्या गरिदिने धम्की दिँदै अपशब्द बोलेर गाली गरिरहे । जब मैले यसबारे अरबाजलाई जानकारी दिएँ उनले सलमान ब्रेकअप (ऐश्वर्यासँग) का कारण डिस्टर्ब भएको र नशामा भएको बताए । त्यसकारण यस्तो व्यवहार गरिरहेको अरबाजले मलाई भने । ’
अरबाजको भनाई उद्धृत गर्दै अरबाजले उक्त पत्रकार सम्मेलनमा भनेका थिए, ‘यदि सलमान तिम्रो घरबाहिर आएर हंगामा गर्छ भने तिमीलाई जे ठिक लाग्छ, त्यो गर । हाम्रो दोस्तीमा कुनै आँच आउँदैन । म सार्वजनिक रुपमा यो भन्न सक्दिनँ तर मलाई तिम्रो चिन्ता छ । तिमी मेरो साथी हौ र सधैं रहन्छौ ।’
पत्रकार सम्मेलनको करिब ६ वर्षपछि सन् २००९ मा विवेकले कोरियोग्राफर फराह खानको टक शो ‘तेरे मेरे बीच मे’ मा अरबान अहिले पनि उनको निकै राम्रो साथी भएको बताएका थिए ।
विवेकले स्विकारेका थिए – पत्रकार सम्मेलन गर्नु गल्ती
विवेकले उक्त कार्यक्रममा सलमान विरुद्ध पत्रकार सम्मेलन गर्नु गल्ती भएको स्विकारेका थिए । उनले भनेका थिए, ‘जब म पत्रकार सम्मेलनका लागि बसेको थिएँ त्यतिबेला नै लागेको थियो कि मैले गल्ती गरिरहेको छु । मैले यस्तो गर्नु हुँदैनथ्यो, मर्दले जस्तो उनकै सामुन्ने गएर समस्या के हो सोध्नुपर्दथ्यो । कुट्न चाहेको भए कुट भन्थें, मैले पनि कुट्न सक्थें । मसँग पनि दुई हात थिए । तर मैले आफूलाई रोक्न सकिनँ । त्यतिबेला मैले यस्ता धेरै कुरा भने जुन मैले भन्नु हुँदैनथ्यो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण