निजामती युनियन कास्कीमा सापकोटा प्यानल विजयी
सारांश
- नेपाल निजामती कर्मचारी युनियन, कास्कीको अध्यक्षमा केदार सापकोटा विजयी भएका छन्।
- अधिवेशनमा सापकोटाले प्रतिस्पर्धी विनोद रेग्मीलाई पराजित गर्दै ३२५ मत प्राप्त गरे।
- कार्यसमितिका अन्य पदहरूमा रञ्जना पोख्रेल, नर बहादुर सारु लगायत निर्विरोध निर्वाचित भए।
पोखरा । नेपाल निजामती कर्मचारी युनियन, कास्कीको अध्यक्षमा केदार सापकोटा विजयी भएका छन् । नवौँ जिल्ला अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । शुक्रबार राती सम्पन्न मत गणना अनुसार सापकोटाले निकटतम प्रतिस्पर्धी विनोद रेग्मीलाई १ सय ६३ मतान्तरले पराजित गरे ।
सापकोटाले ३ सय २५ मत ल्याउँदा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी विनोद रेग्मीले १ सय ६२ मत पाए । खुलातर्फको उपाध्यक्ष पदमा सुमन शर्मा २ सय ८२ मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले १ सय ८९ मत प्राप्त ल्याए । कार्यसमितिका अन्य पद भने निर्विरोध भएको थियो ।
महिला उपाध्यक्षमा रञ्जना पोख्रेल, समावेशी उपाध्यक्ष नर बहादुर सारु, सचिवमा राजेन्द्र शर्मा, सह-सचिवमा मञ्जु सुवेदी तथा कोषाध्यक्षमा दीपक शर्मा पराजुली निर्विरोध भए । सदस्यहरूमा नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी (महिला), गङ्गा अधिकारी (महिला) चयन भए ।
प्रदेश प्रतिनिधिमा सुदिप रेग्मी (३६६ मत), दिनेश चापागाईँ (२८६ मत), चेतराज आचार्य (२५७ मत), झलकराज पौडेल (२४१ मत), काशीराम पौडेल (२३९ मत), विषनबहादुर थापा (समावेशी) र मिना कुमारी श्रेष्ठ (महिला) निर्वाचित भए ।महिला र समावेशी निर्विरोध भएका हुन् ।
केन्द्रीय प्रतिनिधिमा सूर्यप्रसाद तिवारी (३०६ मत), डिल्लीराज सुवेदी (२९४ मत), प्रमोद अर्याल (२८० मत), डिल्लीराम रेग्मी (२६२ मत), महेन्द्र गुरुङ (२११ मत), सीता बराल ढुङ्गाना (महिला) र अर्जुन गुरुङ (समावेशी) निर्वाचित भए । महिला र समावेशी सर्वसम्मत भएका हुन् ।
शुक्रबार भएको मतदानमा ५ सय ७ जनाले मतदान गरेका थिए । ६ सय ५५ जना मतदाता रहेका निर्वाचन समिति संयोजक शालिग्राम भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण