आइफाः श्रीदेवीको अवार्ड लिँदा रोए बोनी कपुर
१९ औं अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्डस् अर्थात् आइफा २०१८ मा बोनी कपुर आफ्नी दिवंगत श्रीमती श्रीदेवीले पाएकी उत्कृष्ट नायिकाको अवार्ड लिने क्रममा भावुक भए ।
श्रीदेवीको यस वर्ष फेब्रुअरी २४ तारिखमा दुबईमा निधन भएको थियो । आफ्ना भान्जाको विवाह कार्यक्रममा सरिक हुन पुगेकी श्रीदेवीको बाथटबमा डुबेका कारण मृत्यु भएको थियो ।
स्वर्गीय श्रीदेवीले उक्त अवार्ड सन् २०१७ मा रिलिज भएको क्राइम थ्रिलर फिल्म ‘मम’ मा आमाको भूमिका निभाएका कारण दिइएको थियो ।
मञ्चमा भावुक भए बोनी कपुरः
अवार्ड लिन बोनी मञ्चमा पुग्नेबित्तिकै उनी भावुक भए । रसाएका आँखासहित बोनीले भने, ‘उनको कमी मेरो जीवनको हरेक क्षण महसुस गरिरहेको छु ।’ पछि बोनीका छोरा र बलिउड नायक अर्जुन कपुर र भाइ अनिल कपुर मञ्चमा आएर उनलाई सहानुभूती दिए । यो मौकामा बलिउड स्टार अनिल कपुरले भने, ‘वास्तवमै उनी महान थिइन् । देश, विश्व र हाम्रो परिवारले तपाईंलाई याद गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण