थारु र मधेसीले अधिकार नपाएको महन्थ ठाकुरको गुनासो
सारांश
- लोसपा अध्यक्ष महन्थ ठाकुरले थारु र मधेसीले अधिकारको लागि बलिदान दिए पनि अधिकार नपाएको गुनासो गरे।
- कार्यक्रममा रेसम चौधरीले थारु–मधेसी लगायत सबै उत्पीडितहरूको एकताका निम्ति मोर्चा गठन गर्नुपरेको बताए।
- मोर्चाका नेताहरूले वर्तमान सरकार औपनिवेशिक रहेको र भ्रष्टाचार बढेको गुनासो गर्दै मोर्चाको आवश्यकता औंल्याए।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार र पहिचानको निम्ति थारु र मधेसीले बलिदान दिए पनि अधिकार नपाएको गुनासो गरेका छन् । सङ्घीय लोकतान्त्रिक मोर्चाले कैलालीमा शनिबार आयोजना गरेको ‘जनजागरण अभियान’ कार्यक्रममा अध्यक्ष ठाकुरले सो गुनासो गरेका हुन् ।
परिवर्तनका लागि थारु र मधेसीले यो देशमा पटक पटक बलिदानी दिए पनि जहिल्यै ठगिएको उनले गुनासो गरे । थारु र मधेसले लडेर देशमा सङ्घीयता ल्याएको तर अधिकार नपाएको गुनासो ठाकुरले गरे । थारु र मधेसीलाई मिल्न नदिनका लागि अहिले पनि षड्यन्त्र भइरहेको बताउँदै ठाकुरले राजतन्त्र ढाल्ने जनताले अहिलेको शासन पनि ढाल्न सक्ने चेतावनी दिए ।
उनले भने– ‘जनताले राजतन्त्रलाई अस्वीकार गर्दै त्यसलाई ढाल्न सक्छ भने अहिलेको शासन सत्तालाई पनि जनताले चाह्यो भने एक छिनमै ढाल्दिन सक्छन् ।’ कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले थारु–मधेसी लगायत सबै उत्पीडितहरूको एकताका निम्ति मोर्चा गठन गर्नुपरेको बताए । यसपालि रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा भएकोले त्यहाँ जसरी पनि जित्नुपर्ने बताए ।
थारु र मधेसी मिलेको सन्देश रुपन्देही–३ को उपनिर्वाचनमार्फत दिनुपर्ने बताउँदै उनले आफू थारु भएकै कारण राज्यले पटक पटक अन्याय र विभेद गरेको गुनासो गरे ।
सोही कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले वर्तमान सरकार औपनिवेशिक रहेको बताउँदै जनता खुसी नरहेको बताए । धेरै मिहिनेत पश्चात् उत्पीडित जनताहरूको चाहना अनुसार मोर्चा गठन भएको बताउँदै उनले यसलाई कसैले कमजोर बनाउने षड्यन्त्र नगर्न आग्रह गरे ।
राजनीतिक स्थिरता, अधिकार पहिचानसहितको संविधान संशोधन र आर्थिक उन्नतिको निम्ति मोर्चा अपरिहार्य रहेको बताउँदै उनले राज्यले उत्पीडित समुदायका विरुद्ध गर्ने हरेक प्रकारको षड्यन्त्रको सामना गर्न मोर्चा तयार रहेको बताए ।
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले २५० वर्षदेखि शासक वर्गले उत्पीडित समुदायलाई विभाजन गरेर शासन गरिरहेकोले बाध्य भएर पहिचान पक्षधर एक ठाउँमा उभिन मोर्चा गठन गरेको बताए ।
जनता प्रगतिशील पार्टीका नेता उपेन्द्र उपाध्यायले देशमा भ्रष्टाचार र कुशासन बढेकोले त्यसको अन्त्यका निम्ति मोर्चा गठन गरेको बताए । कार्यक्रममा फोनिराम थारु, दान बहादुर विश्वकर्मा, गङ्गाराम थारु, इन्दिरा गिरिलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा थारु संस्कृति झल्काउने विभिन्न नृत्यहरू प्रस्तुत गरिएको थियो । पछिल्ला दिन मोर्चाले देशव्यापी रूपमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण