टक्सारमा लाखेजात्रा
सारांश
- भोजपुरको टक्सारमा २१० वर्षदेखि लाखेजात्रा निरन्तर मनाइँदै आएको छ।
- लाखेजात्रा श्रावण पूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म मनाइन्छ, जसको उद्देश्य संस्कृति संरक्षण हो।
- स्थानीय युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ, जसमा सबै समुदायको सहभागिता छ।
भोजपुर । भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ । यहाँ २१० वर्ष अघिदेखि निरन्तर लाखेजात्रा मनाइँदै आइएको बताइन्छ । परम्परा र संस्कृति जगेर्नाका लागि निरन्तर जात्रा मनाउने क्रम चलिरहेको भाषा प्रशिक्षक तथा अगुवा प्रेमकुमार शाक्यले बताए ।
भोजपुर टक्सारमा लाखेजात्रा प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिनदेखि सुरु गरी कृष्ण जन्माष्टमीका दिनसम्म बनाउने परम्परा रहँदै आएको उनले जानकारी दिए । शाक्यले भने, “परम्परागत संस्कार र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले टक्सारमा जात्रा मनाउन क्रम निरन्तर जारी छ ।”
स्थानीय विमल रणपेहलीले स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको बताए । संस्कार र संस्कृति जगेर्नामा टक्सारका नेवार समुदाय मात्र नभई सबै समुदायका व्यक्ति सक्रिय रहेका उनले बताए ।
टक्सार बजारमा श्रीकृष्ण जन्माष्टमीमा लाखे जात्रासँगै मेलासमेत लगाउने परम्परा रहँदै आएको छ ।
तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८७२ मा स्थापित टक्सार ऐतिहासिक धार्मिक सम्पदाहरू भएको बजार हो । यहाँ ललितपुरको पाटनमा भएका प्रायः धर्मिक सम्पदाहरू स्थापित गरिएका छन् । स्थानीय भीमसेन स्थानको परिसरमा टक्सार खानी अड्डाको स्थापना भएपछि सो अड्डाबाट तामाका एक पैसे र दुई पैसे डोली पैसा छापिन गर्दथ्यो । एक तोला र दुई तोलाको डोली पैसा तौल गर्ने कार्यमा पनि प्रयोग गरिने भएकाले यिनीहरूलाई स्थानीय भाषामा ढःढेवा अर्थात् ढक पैसा पनि भनिन्थ्यो । यहाँ ‘टक्सार’ स्थापना भएपछि गाउँकै नाम टक्सार रहन गएको इतिहास पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण