केन्या : अन्त्येष्टिबाट फर्किरहेका २५ जनाको बस दुर्घटनामा मृत्यु
आइतबार, २५ साउन २०८२, ०६ : ४७
सारांश
- केन्यामा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ।
- बसमा एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेका मानिसहरू सवार थिए।
- दुर्घटनामा २० जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ।
केन्या । केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। बसमा रहेका मानिसहरू एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेका थिए।
स्थानीय अधिकारीहरूका अनुसार यस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। बीबीसीले प्राप्त गरेको प्रहरी रिपोर्ट अनुसार शुक्रबार दिउँसो किसुमु-काकामेगा राजमार्गमा चालकले बसको नियन्त्रण गुमाएपछि बस सडकबाट खसेर खाल्डोमा पल्टिएको थियो।
१० महिला, १० पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २० यात्रु घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ।
पछि अस्पतालमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताए। दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका भएको अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण