समावेशी लोकतन्त्रको रक्षा गर्न श्रेष्ठको जोड
सारांश
- नारायणकाजी श्रेष्ठले संविधान पूर्ण रूपमा कार्यान्वयन र समावेशी लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए।
- उनले समानुपातिक समावेशीकरणका उपलब्धिहरू जोगाउन र थप विस्तार गर्न आग्रह गरे।
- श्रेष्ठले लोकतान्त्रिक व्यवस्थामाथि प्रतिगमनको खतरा रहेको भन्दै सचेत रहन आग्रह गरे।
गोरखा । पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विश्व आदिवासी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने र समावेशी लोकतन्त्रको रक्षा गर्नुपर्ने कुरामा जोड दिएका छन्।
गोरखाको पालुङ्टारमा भएको ३१औँ विश्व आदिवासी जनजाति दिवसको कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले समानुपातिक समावेशीकरणका उपलब्धिहरूलाई जोगाउन र थप विस्तार गर्न आग्रह गरे। उनले महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारु, मुस्लिमलगायतका समुदायको प्रतिनिधित्व र आरक्षणलाई सबै तहमा सुनिश्चित गर्नुपर्ने बताए।
श्रेष्ठले हजारौँको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थामाथि प्रतिगमनको खतरा रहेको भन्दै यसलाई जोगाउन सबैले सचेत रहनुपर्ने बताए। उनले संविधानमा व्यवस्था गरिएको स्वायत्त, संरक्षित र विशेष क्षेत्रको अवधारणालाई व्यवहारमा लागू गरी सीमान्तकृत समुदायको पहिचान र अधिकारलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि शासकीय प्रणालीमा सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, भ्रष्टाचार नियन्त्रण र सुशासन आवश्यक रहेको उनको भनाइ थियो। उनले बाँकी रहेका अधिकार प्राप्त गर्नका लागि आदिवासी जनजाति र सीमान्तकृत समुदायलाई एकताबद्ध भएर सङ्घर्ष गर्न पनि आह्वान गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण