आतङ्कवादविरूद्धको लडाइँका लागि सुरक्षा संयन्त्रको प्रयोग मात्र पर्याप्त हुँदैन : उपमहासचिव बस्नेत
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद शक्तिबहादुर बस्नेतले आतङ्कवादविरुद्धको लडाइँका लागि केवल सुरक्षा संयन्त्रको प्रयोग मात्र पर्याप्त नहुने बताएका छन् ।
काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले सुरक्षा संयन्त्रभित्र रहेको राजनीतिलाई हटाउन नसकिने समेत बताए । सुरक्षा संयन्त्र र राजनीतिबिचको सम्बन्धले नै आतङ्क र आतङ्कवादबिचको भेद र अन्तरसम्बन्धलाई परिभाषित गर्ने उनको भनाइ छ ।
उनले आतङ्कवाद र आन्तरिक राजनीतिक विद्रोह छुट्याउनुपर्ने बताए । उनले विविधताको सही व्यवस्थापन नगर्दा समस्या बढ्नेतर्फ सचेत हुन जरुरी रहेको समेत बताए ।
उनले भने,‘मिलिटरी एक्टमा रहेको पोलिटिकल आत्मालाई झिकिदिने हो भने त्यसपछि बाँकी आतङ्क नै रहन्छ । अब त्यसको घनत्व कति छ, आयाम कति छ ? त्यसको प्रभाव क्षेत्र कति छ भन्ने कुराले आतङ्क र आतङ्कवादबिचको भेद र अन्तरसम्बन्धलाई चाहीँ डिफाइन गर्ला । यो राज्यको दृष्टिले पनि हुन्छ । त्यसैले सुरक्षाको टुल्स मात्रै पनि आतङ्कवादको समाधान होइन । यो एउटा महत्वपूर्ण कम्पोनेन्ट हुन्छ । तर यतिमात्र होइन । हामीले सुरक्षालाई समाजको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षबाट पनि हेर्नुपर्छ होला । त्यही आधारमा हामीले सुरक्षा रणनीति बनाउन सक्यौँ भने यो समस्यासँग जुध्न र समाधान गर्न सक्छौं ।’
उनले पछिल्लो समय बढ्दै गएको आतङ्कवाद नियन्त्रणका लागि सुरक्षा संयन्त्र मात्र पर्याप्त नहुने भन्दै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षबाट समेत रणनीति तयार गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण