बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय र पाकिस्तानी नौसेनाको अरब सागरमा अलग-अलग अभ्यास

सोमबार, २६ साउन २०८२, ०६ : ३९
सोमबार, २६ साउन २०८२

सारांश

  • भारतीय र पाकिस्तानी नौसेनाले अरब सागरमा छुट्टाछुट्टै अभ्यास गर्ने भएका छन्।
  • अभ्यासको तयारीका लागि हवाई यातायातलाई अस्थायी रूपमा प्रतिबन्ध लगाइनेछ।
  • यसअघि भारत र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास भएको थियो, जसमा मानवीय सहायता र विपद् राहतमा जोड दिइएको थियो।

नयाँ दिल्ली । भारतीय र पाकिस्तानी नौसेनाहरूले सोमबारदेखि आगामी केही दिनसम्म अरब सागरमा एकै समयमा तर छुट्टाछुट्टै अभ्यास गर्ने भएका छन्।

रक्षा स्रोतका अनुसार भारतीय र पाकिस्तानी नौसेनाले अभ्यासको तयारीसहित हवाई यातायातलाई अस्थायी रूपमा प्रतिबन्ध गर्ने सूचना (नोटम) जारी गरेका छन्। सामान्यतया, निश्चित समय र क्षेत्रमा हवाई यातायात रोकिँदा यस्तो सूचना जारी गरिन्छ।

भारतीय नौसेनाका युद्धपोतहरूले अगस्ट ११ र १२ तारिखमा अरब सागरमा अभ्यास गर्नेछन्। त्यस्तै, पाकिस्तानी नौसेनाले पनि आफ्नो क्षेत्रीय पानीमा नौसैनिक अभ्यास गर्न नोटम जारी गरेको छ।

यसअघि अप्रिल १ देखि १३ सम्म भारत र अमेरिकाबिच विशाखापट्टनम तथा काकीनाडा तटीय क्षेत्रमा संयुक्त सैन्य अभ्यास भएको थियो। त्यस अभ्यासको मुख्य उद्देश्य मानवीय सहायता तथा विपद् राहतमा दुवै सेनाबीचको समन्वय र परिचालन क्षमता वृद्धि गर्नु थियो।

उक्त संयुक्त अभ्यासमा जमिन, हावा र समुद्री तीनै माध्यममा तालिम सञ्चालन भएको थियो। भारतीय नौसेनाका आईएनएस जलाश्व, आईएनएस घडियाल, आईएनएस मुम्बई, आईएनएस शक्ति लगायतका युद्धपोत, वायुसेनाको सी-१३० विमान, एमआई-१७ हेलिकप्टर, सेनाको ९१ इन्फन्ट्री ब्रिगेड र र्‍यापिड एक्सन मेडिकल टोली सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप