जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
सोमबार, २६ साउन २०८२, ११ : ५३
सारांश
- डडेल्धुराको अमरगढी नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्।
- प्रहरीले उनीहरूको साथबाट ३७ हजार ७ सय ८५ रुपैयाँ र २ सय ८ पत्ता तास बरामद गरेको छ।
- पक्राउ पर्नेमा अमरगढी नगरपालिका-१ का मान बहादुर साउद लगायतका व्यक्तिहरू छन्।
डडेल्धुरा । अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३७ हजार ७ सय ८५ रुपैयाँ र २ सय ८ पत्ता तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण