‘ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर बनौँ’
सारांश
- माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोर्खाका सन्तानको नागरिकता अधिकारबारे सरकारको ध्यानाकर्षण गराए।
- उनले विदेशमा बसेका गोर्खाका छोराछोरीले उतैको परिचयपत्र लिएपछि नेपालमा नागरिकता नपाउँदा सम्पत्ति उपभोग गर्न नपाउने अवस्था आउने बताए।
- सुवेदीले लैङ्गिक समावेशीकरणको आधारमा नागरिकतासम्बन्धी विधेयक ल्याउनुपर्ने धारणा राखे।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै सुवेदीले विदेशमा बसेका गोरखाका छोराछोरीले उतैको परिचयपत्र लिएपछि नेपालमा नागरिकता नपाउँदा सम्पत्ति उपभोग गर्न पाउने अधिकार गुम्ने सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ सरकार सचेत रहन आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘अहिले ब्रिटिस गोर्खाका छोराछोरीहरू त्यही पढिरहेका छन् । उनीहरूले उतैको परिचय प्रमाणपत्र लिएका पनि छन् । पछि उनीहरूको आमाबुबा मरेपछि नागरिकता नभएको अवस्थामा नेपालमा रहेको सम्पत्ति खान पाउने अवस्था रहँदैन । यो विषयमा गम्भीर रूपमा सोच्नुपर्छ । यो स्वघोषणाको विषयमा पनि समस्या आउन सक्छ । वंशजको नागरिकतामा सरकार लचिलो हुनुहुँदैन । तर अङ्गीकृत नागरिकताका सम्बन्धमा बरु लचिलो हुनसक्छ । यो महिलालाई अप्ठ्यारो पार्ने गरी कानुन आउँदैछ । यसमा सचेत हुन जरुरी छ ।’
उनले लैङ्गिक समावेशीकरणको आधारमा नागरिकतासम्बन्धी विधेयक ल्याउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण