शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राहुल, प्रियंकालगायत विपक्षी सांसदहरू पक्राउ

सोमबार, २६ साउन २०८२, १४ : ५६
सोमबार, २६ साउन २०८२

सारांश

  • भारतका ३०० विपक्षी सांसदहरूले मतदाता प्रमाणीकरण र चुनावमा मत चोरीको आरोप लगाउँदै संसददेखि निर्वाचन आयोगसम्म मार्च गरे।
  • प्रहरीले मार्चलाई रोक्न खोज्दा राहुल गान्धी, प्रियंका गान्धी र अन्य सांसदहरूलाई हिरासतमा लियो।
  • विपक्षी सांसदहरूले 'भोट बचाउ' नारा लगाए र ब्यारिकेड तोड्न खोजे, जसले गर्दा उनीहरूलाई हिरासतमा लिइयो।

नयाँ दिल्ली । मतदाता प्रमाणीकरण र चुनावमा मत चोरीको आरोपमा सोमबार भारतका ३ सय विपक्षी सांसदहरूले संसददेखि निर्वाचन आयोगको कार्यालयसम्म मार्च गरेका छन् । यस क्रममा राहुल गान्धी, प्रियंका गान्धी, अखिलेश यादव लगायत धेरै विपक्षी सांसदहरूलाई हिरासतमा लिइएको छ। 

संसद प्रहरीले उनीहरूलाई स्टेसन लगेको छ। यसअघि यस मुद्दामा दुवै सदनमा ठुलो हङ्गामा भएको थियो र कारबाही दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। जुन दिउँसो २ बजे पुनः सुरु भयो। विपक्षी सांसदहरूले संसद्को द्वारबाट मार्च सुरु गरे। सांसदहरूले ‘भोट बचाउ’ का ब्यानर बोकेका थिए। 

यद्यपि, दिल्ली प्रहरीले इन्डिया ब्लकले मार्चको लागि कुनै अनुमति नलिएको बताएको थियो । त्यसैले मार्च निर्वाचन आयोगमा जान अघि नै यातायात भवन नजिकै ब्यारिकेडहरू राखेर रोकिएको थियो।

पछि उनीहरू ब्यारिकेडहरू पार गरेर अगाडि बढ्न खोजे। सांसदहरूलाई अगाडि बढ्न नदिएपछि तिनीहरू भुईँमा बसे। प्रियंका, डिम्पल लगायत धेरै सांसदहरूले ‘भोट चोर, गद्दी छोड को नारा लगाउँदै गरेको देखियो। प्रहरीले यसरी विरोध गर्ने सांसदहरूलाई हिरासतमा लिएको हो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप