कुलिङ अफ पिरियडमा त्रुटि : सभामुखले प्रतिवेदन कार्यान्वयनबारे गरे छलफल
सारांश
- सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक-२०८० को प्रतिवेदन कार्यान्वयनबारे छलफल गरे।
- सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था समितिको कामलाई गति दिनुपर्ने बताए।
- सभामुखले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्ने तयारी गरेका छन् र भोलि संयुक्त बैठक बोलाउनेछन्।
काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक-२०८० को प्रतिवेदनमा भएको त्रुटिबारे अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गरेका छन् ।
सभामुख घिमिरेले सोमबार सत्तारुढ एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग अलग अलग छलफल गरेका हुन् ।
सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएको सभामुखको सचिवालयले जनाएको छ । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको बताउँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह समेत गरेका छन् ।
राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवका रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै उनले समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे । नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् ।
सभामुखले गएको शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए । सभामुखले भोलि पनि अलग अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक राख्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण