जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ५ जना पक्राउ
मङ्गलबार, २७ साउन २०८२, ११ : ४७
सारांश
- काठमाडौंको तारकेश्वर नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्।
- प्रहरीले उनीहरूलाई २८ हजार २ सय रूपैयाँ र तास सहित पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा नुवाकोट ताडी गाउँपालिकाका एक व्यक्ति पनि छन्, प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ५ जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका-२ स्थित ढकालटारबाट सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका-१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण