यी हुन् सम्बन्धमा प्रेम नभएको ६ सङ्केत
सारांश
- सम्बन्धमा प्रेम घट्दै गएका ६ वटा संकेतहरू बारे जानकारी दिइएको छ।
- कुराकानी कम हुनु, झगडा बढ्नु, सँगै समय बिताउन नसक्नु जस्ता कुराहरू प्रेम कम हुनुका संकेत हुन्।
- भविष्यबारे कुरा नगर्नु र शारीरिक दूरी बढ्नु पनि प्रेम घट्दै गएको संकेत हुन्।
काठमाडौँ । आफ्नो सम्बन्धमा पहिलाको जस्तो चमक हराएको जस्तो तपाईँलाई लाग्छ । हाँसीमजाक, पहिलाको जस्तो गहन कुराकानी आदि बिस्तारै हराउँदै गइरहेको छ ? यदि हो भने, यस्तो महसुस गर्ने तपाईँ एक्लै हुनुहुन्न । हरेक सम्बन्धमा कुनै न कुनै एउटा यस्तो समय आउँछ जब प्रेम फिक्का हुन थाल्छ ।
तर प्रायः हामी सामान्य कुरा त हुन् नि भनेर यस्ता स–साना परिवर्तनहरूलाई बेवास्ता गर्छौँ । सावधान हुनुहोला । यी साना परिवर्तनहरू तपाईंको सम्बन्धमा प्रेम सकिँदै गएका ठुला सङ्केतहरू पनि हुन सक्छन् ।
आजको यस लेखमा हामी सामान्य ठानेर तपाईँले बेवास्ता गरिरहनु भएका यस्तै ६ सङ्केतबारे कुराकानी गर्नेछौँ ।
कुराकानी नहुनु
तपाईँ र तपाईंको पार्टनरले एक अर्कासँग गफ गर्न कम गर्नुभएको छ, वा तपाईँहरूको गफ ‘ज्यानलाई कस्तो छ ?’ र ‘तपाईँले खाना खानुभयो ?’ मा मात्रै सीमित हुन थालेको छ भने प्रेम सकिँदै गएको यो ठुलो सङ्केत हो । घण्टौँ सँगै बस्दा पनि दुईबिच अरु कुराकानी हुन्न, मौन बसेरै समय बित्छ भने यसले तपाईहरूबिच पहिलाको जस्तो ‘कनेक्सन’ नभएको बताउँछ ।
झगडा र बहस बढ्नु
प्रेम सम्बन्धमा, साना तर्क वितर्कहरू भइरहन्छन् । तर स–साना कुरामा पनि झगडाहरू हुन थाल्छन् र यस्तो दिनहुँ भइरहेको छ भने यो पनि एउटा चेतावनी सङ्केत हो । प्रायः यी झगडाहरू एकअर्काका गल्तीहरू खोतल्ने बहाना भइदिन्छन् । जसले सम्बन्धमा उल्टै तितोपना बढाउन थाल्छन् ।
सँगै समय बिताउन नसक्नु
तपाईंको पार्टनर तपाईँ भन्दा आफ्ना साथीभाइ वा काममा बढी व्यस्त हुन थालेको छ, तपाईँसँग समय बिताउनबाट सकेसम्म तर्किन खोज्न भने यसले उसको प्राथमिकताहरू फेरिएको सङ्केत गर्छ । साथसाथ चलचित्र हेर्न, बाहिर घुम्न जान वा कुराकानी गर्न कम हुनु पनि प्रेम घट्दै गएको सङ्केत हो ।
एकअकर्कालाई वास्ता नगर्नु
सम्बन्धमा प्रेम छ भने हाम्रो पार्टनरको हरेक सानो–ठुलो कुराको हामी ख्याल राख्छौं । तर तपाईँले अब आफ्नो पार्टनरको स्वास्थ्य अवस्था, उसलाई मनपर्ने वा मन नपर्ने कुराको वास्ता गर्नुहुन्न भने यो पनि प्रेम हराउँदै गइरहेको स्पष्ट सङ्केत हो ।
भविष्यबारे कुरा नगर्नु
सुखी सम्बन्धमा ‘हामी अर्को वर्ष कहाँ पुग्छौँ’ ‘भविष्यमा के गर्ने ?’ जस्ता भविष्यका योजनाहरू बनाउनु सामान्य कुरा हो । तर सम्बन्धमा दुवैले संयुक्त भविष्यबारे कुरा गर्न पूर्ण रूपमा बन्द गरेका छन् भने यसको अर्थ दुवैले एक अर्काको साथमा भविष्य देख्न छाडेको भन्ने सङ्केत गर्छ ।
शारीरिक दूरी
शारीरिक सम्बन्ध शयन कक्षभित्र मात्रै सीमित हुन्न । एक अर्काको हात समात्नु, एक अर्कालाई अँगालो हाल्नु वा एक अर्काको नजिक बस्नु पनि प्रेमको एक हिस्सा हो । तपाईँ र तपाईंको पार्टनरबिच शारीरिक दूरी बढेको छ र सकेसम्म एक अर्काको नजिकमा बस्न चाहनु हुन्न भने यो सम्बन्धमा प्रेम सकिएको सबैभन्दा ठुलो सङ्केत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण