रवीन्द्र ढाँट र खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौँ महानगरको सम्मान
सारांश
- काठमाडौं महानगरपालिकाले एमएमए फाइटर रवीन्द्र ढाँट र खोखो संघलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
- रवीन्द्र ढाँटले भारतमा भएको एमएफएन १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जिते।
- नेपालको खोखो टिमले पहिलो पटक विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दै उपविजेता बन्यो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेको नेपाल खोखो सङ्घलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
महानगरले मंगलबार खोखोको दुवै टोलीलाई ११–११ लाख रकमसहित सम्मानपत्र प्रदान गरेको हो। त्यस्तै महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाखले सम्मान गरेको छ ।
नेपालका रवीन्द्र ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । उनले भारतका चोङरेङ कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर हुन् ।
खोखो खेलाडी टिमले नयाँ दिल्लीको इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा आयोजक भारतसँग प्रतिस्पर्धा गरेको थियो। पुरुष टिम ५४–३६ र महिला टिम ७८–४० स्कोरले पराजित भए पनि उपविजेता बन्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। यो कुनै पनि टिम खेलमा नेपालले विश्वकप फाइनल खेलेको पहिलो अवसर हो।
सम्मान कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता र सामाजिक विकास समितिका प्रमुखलगायतको उपस्थिति रहेको थियो। यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण