भारतसँगको सम्बन्ध पहिलाको जस्तै छ: अमेरिका
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफमा भारतको अडानलाई विश्वले हेरिरहेको छ।
- अमेरिकाले भारतसँगको सम्बन्ध पहिले जस्तै रहेको र कुनै परिवर्तन नभएको बताएको छ।
- पाकिस्तानी सेना प्रमुखको भनाइपछि अमेरिकाले भारत र पाकिस्तान दुवैसँगको सम्बन्ध यथावत रहेको जनाएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफ (अतिरिक्त भन्सार महसुल)माथि भारतको कठोर अडानलाई सारा विश्वले हेरिरहेको छ ।
भारतमाथि आफ्नो दबाब रणनीति असफल भएको देखेपछि अमेरिकाले आफ्नो स्वर नरम बनाएको छ । भारतसँग अमेरिकाको सम्बन्ध पहिले जस्तै भएको अनि यसमा कुनै परिवर्तन नआएको अमेरिकाले बताएको छ ।
आफ्ना कूटनीतिज्ञहरू भारत–अमेरिका सम्बन्धप्रति प्रतिबद्ध रहेको पनि भनिएको छ । यो अरु कसैले होइन अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भनेका हुन् ।
भारत र पाकिस्तान दुवैसँग अमेरिकाको सम्बन्ध परिवर्तन नभएको उनी बताउँछन् । फ्लोरिडामा पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनिरले गरेको टिप्पणीपछि उनको यो भनाइ आएको हो । पाकिस्तानको अस्तित्वमा खतरा उत्पन्न भएको अवस्थामा उसले भारत र आधा विश्वलाई ध्वस्त पार्न आणविक हतियार प्रयोग गर्न सक्ने मुनिरले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण