सरकारको सुशासन कैलाली कारागारको घटनाले देखायो
बुधबार, २८ साउन २०८२, १३ : ३०
सारांश
- सांसद अम्मरबहादुर थापाले कैलाली कारागारको घटनाले सरकारको सुशासनमाथि प्रश्न उठाए।
- कारागारभित्र झडप हुँदा सुरक्षाकर्मीले ४८ घण्टासम्म नियन्त्रण लिन नसकेकोमा उनले आपत्ति जनाए।
- कैलाली कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले सरकारको सुशासन कैलाली कारागारमा भएको झडप भएको घटनाले देखाएको बताएका छन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थापाले सुरक्षा घेराभित्र रहेको कारागारमा जेलमा झडप भएको ४८ घण्टासम्म सुरक्षाकर्मी छिर्न नसक्नु कस्तो सुशासन हो भन्दै प्रश्न गरे । उनले सुरक्षा घेराभित्र हुने कारागारमा त सरकारले सुरक्षा दिन सक्दैन भने, बाहिर कसरी सुरक्षा छ, सुशासन छ भनेर हामीले कसरी पत्याउने भन्दै प्रश्न गरे ।
कैलाली कारागारमा गत शुक्रबार भएको झडपमा परेर एक कैदीको मृत्यु भएको थियो भने तीन दर्जन बढी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण