मुलुकमा लोडसेडिङको चर्चा निरर्थक भइसक्यो : ऊर्जामन्त्री
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले नेपालमा अब लोडसेडिङ हुने भनेर चर्चा गर्नु निरर्थक भएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले सरकारले विद्युत उत्पादनमा वृद्धि गर्दै गएकाले लोडसेडिङको चर्चा निरर्थक रहेको दाबी गरे ।उनले भने,‘ ऊर्जा आपूर्तिको निरन्तरता र विश्वसनीयता सरकारको सधैँ प्राथमिकतामा पर्दै आएको छ । मैले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा कुल जडित क्षमता ३२ सय मेगावाट थियो । पछिल्लो एक वर्षमा बढेर ३ हजार ९ सय मेगावाट पुगेको छ ।’
ऊर्जा मन्त्री खड्काले प्रतिव्यक्ति विद्युत खपत ४०० युनिट बढेर ४६० युनिट पुगेको बताए । उनले अहिले देशमा विद्युतको अधिकतम माग २ हजार ४०० मेगावाट पुगेको उल्लेख गरे ।
उनले भने,‘ वर्षातको समयमा माग भन्दा बढी उत्पादन भएको अवस्था छ । अहिले आन्तरिक विद्युत् खपतपछि नेपालले ९ सय मेगावाट विद्युत भारत निर्यात गरिरहेको छ भने भविष्यमा सो परिणाम बढ्ने अनुमान छ ।’
उनले अहिलेसम्म १२ सय मेगावाट विद्युत भारतमा निर्यात गर्न अनुमति दिएको छ । भारतको ग्रिड मार्फत बंगलादेशमा पनि ४० मेगावाट विद्युत निर्यात गरिरहेको बताए ।
उनले भने,‘आगामी दिनमा सो परिणाम बढाउने योजना छ । लोडसेडिङ नेपालमा विगतको विषय बनेको छ । अब लोडसेडिङ फर्कँदैन । लोडसेडिङको कल्पना गर्नु पनि निरर्थक भएको छ । देशभर नियमित विद्युत आपूर्ति भइसकेको छ । कतिपय स्थानमा देखिएको प्राविधिक समस्या समाधान गर्दै गइरहेको छ ।’
ऊर्जा मन्त्री खड्काले नेपालमा खपत भएर बाँकी रहेको विद्युत अहिले भारत र बंगलादेशमा निर्यात गरिरहेको बताए । उनले गत आर्थिक वर्षमा मात्रै २३८० मेगावाट विद्युत भारतमा र बंगलादेशमा ३० मेगावाट आवर विद्युत निर्यात गरेको भन्दै अहिले दुवै देशमा विद्युत निर्यात भइरहेको बताए ।
उनले गत वर्ष १७ अर्ब ७२ करोड रुपैयाँको विद्युत निर्यात गर्दा १२ अर्ब ९२ करोड विद्युत आयात गर्दा करिब ५ अर्ब रुपैयाँ मुनाफा लिएको दाबी गरे ।
उनले केही स्थानमा विद्युत पुग्न नसकेको ठाउँमा विद्युत पुर्याउने गरी उत्पादनलाई वृद्धि गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण