एमालेको अनेमसंघ माडीले भदौ ६ गते अधिवेशन गर्दै
बिहीबार, २९ साउन २०८२, १० : ३६
सारांश
- अखिल नेपाल महिला संघ माडीले भदौ ६ गते नगर अधिवेशन गर्ने निर्णय गरेको छ।
- अधिवेशनमा बागमती प्रदेश कमिटी सदस्य र माडी नगर प्रमुखको उपस्थिति रहनेछ।
- त्यसै दिन नेकपा एमाले माडीले तीजको दर खाने कार्यक्रम आयोजना गर्नेछ।
चितवन ।अखिल नेपाल महिला संघ (अनेमसंघ) नगर कमिटी माडीले आगामी भदौ ६ गते नगर अधिवेशन गर्ने निर्णय गरेको छ ।अध्यक्ष सीता तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकमा उक्त निर्णय भएको हो ।
अनेमसंघ बागमती प्रदेश कमिटी सदस्य तथा माडी नगर प्रमुख ताराकुमारी काजी महत्तोको प्रमुख उपस्थितिमा भएको बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् अनेमसंघ माडी इञ्चार्ज पुर्णकला सुनार, एमाले जिल्ला कमिटी सदस्य श्रीप्रसाद दवाडी, कमल रामदाम, एमाले नगर अध्यक्ष नारायण अधिकारी लगायतको उपस्थिति रहेको थियो थियो ।
अनेमसंघको माडीको अधिवेशनको दिनमै नेकपा एमाले माडी नगर कमिटीले दिदी बहिनीहरुलाई लक्षित गर्दै तीजको दर खाने कार्यक्रम समेत आयोजना गर्न लागेको एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण