सौर्य एयरलाइन्स दुर्घटना: मृतक को-पाइलटका पिता भन्छन्- ‘ममाथि दुर्व्यवहार भयो, उसको आत्मा नरोओस्’
सारांश
- सौर्य एयरलाइन्स दुर्घटनामा कोपाइलटका पिताले छानबिन आयोगका संयोजकले दुर्व्यवहार गरेको आरोप लगाए।
- उनले आयोगका अध्यक्ष पक्षपाती भएको र आफूसँग कुरा गर्दा ह्यारेसमेण्ट गरेको आरोप लगाए।
- दुर्घटनामा कोपाइलटमाथि मात्रै शंका गरिएको भन्दै उनले असन्तुष्टि जनाए।
काठमाडौँ । २०८१ को साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटनाका लागि अध्ययन गर्न गठित आयोगका संयोजकले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीबार प्रतिवेदनमाथिको छलफलका क्रममा उनले आयोगका अध्यक्ष पक्षपाती भएको आरोप लगाए ।
उनले आफूसँग कुरा गर्न जाँदा समेत ह्यारेसमेण्ट गरेको र आफूले खाइरहेको औषधिसमेत रोकेको उनको आरोप छ । कुराकानीमा सोझै सुशान्त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नेकुरा गरेको उनले बताए । प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक रहेको उनको आरोप छ । मरेर गएको व्यक्तिमाथि दोष थुपारिनु र सबै दोष उसैलाई लगाउन नहुने उनले बताए । दोष जति सबै एउटामाथि थुपारेर मरेको मान्छेको आत्मालाई नरुवाउन उनले आग्रह गरे ।
उनले क्याप्टेनको कमान्ड भएपछि कोपाइलटमाथि मात्रै किन शंका गरियो ? भन्दै प्रश्न गरे । २०८१ को साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण