आईआरजीडीडीद्वारा गार्मेन्ट र कार्पेट संघसँग सहकार्य मजबुत बनाउने विषयमा छलफल
सारांश
- आईआरजीडीडीले नेपाल गार्मेन्ट एसोसिएसन र नेपाल कार्पेट एसोसिएसनसँग सहकार्य गर्ने विषयमा छलफल गरेको छ।
- छलफलमा बजार पहुँच विस्तार, उत्पादन प्रतिस्पर्धात्मकता सुधार र अन्तर्राष्ट्रिय व्यापारबारे विचार आदानप्रदान भयो।
- आईआरजीडीडीले निजी क्षेत्रका सङ्घ–संस्थासँग सहकार्य गरी निर्यात व्यवसायलाई प्रतिस्पर्धी बनाउने जनाएको छ।
काठमाडौँ । इन्टरनेशनल रिलेसन्स एन्ड डिप्लोमेसी डाइलग (आईआरजीडीडी) ले नेपाल गार्मेन्ट एसोसिएसन र नेपाल कार्पेट एसोसिएसनसँग सहकार्य बलियो बनाउने विषयमा छलफल गरेको छ ।
छलफलमा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल, नेपाल गार्मेन्ट एसोसिएसनका अध्यक्ष पशुपति देव पाण्डे, र नेपाल कार्पेट एसोसिएसनका अध्यक्ष बलराम गुरुङ तथा आईआरजीडीडीका सह–संस्थापक विमल ढकाल पनि सहभागी थिए ।
बैठकमा नेपालको गार्मेन्ट र कार्पेट उद्योगको विश्वव्यापी उपस्थिति कसरी मजबुत बनाउने भन्ने विषयमा छलफल गरिएको आईआरजीडीडीका मिडिया संयोजक अरुण कट्वालले बताए । सहभागीहरूले बजार पहुँच विस्तार, उत्पादन प्रतिस्पर्धात्मकता सुधार र अन्तर्राष्ट्रिय व्यापार परिवेशसँग अनुकूलन गर्ने विषयहरूमा विचार आदान–प्रदान गरेका थिए ।
सो अवसरमा उद्योगसम्बन्धी विशेषज्ञता, अनुभव, र व्यावहारिक पक्षहरू साझा गर्ने, तथा दीर्घकालीन रणनीति निर्माणमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो ।
छलफलको क्रममा अध्यक्ष डा.ढकालले दुवै उद्योग संघका अध्यक्षहरूको महत्त्वपूर्ण योगदानप्रति आभार प्रकट गर्दै भनिन्, ‘नेपालको आर्थिक कूटनीति अघि बढाउन यस्ता क्षेत्रीय विशेषज्ञता अमूल्य छ ।’ उनले आईआरजीडीडीले उद्योगका नेताहरूसँग मिलेर अनुसन्धानमा आधारित सिफारिस, रणनीतिक मार्गदर्शन र दिगो विकास र अन्तर्राष्ट्रिय संलग्नता प्रवद्र्धनमा कार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
आईआरजीडीडीले आगामी दिनमा पनि निजी क्षेत्रका विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्दै नेपालको निर्यात व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन थप पहल गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण