गायक खड्गी ‘एम्बेस्डर फर पिस’ पुरस्कारबाट सम्मानित
सारांश
- गायक, संगीतकार सञ्जय खड्गी 'एम्बेस्डर फर पिस' पुरस्कारबाट सम्मानित भए।
- उनले युनाइटेड नेसन्स इन्टरनेशनल यूथ डे-२०२५ को अवसरमा पुरस्कार पाए।
- खड्गी तीन दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील छन् र उनले सयौं गीत गाएका छन्।
काठमाडौँ । गायक, संगीतकार एवम् एरेन्जर सञ्जय खड्गी ‘एम्बेस्डर फर पिस’ पुरस्कारबाट सम्मानित भएका छन् । यूथ फेडेरेशन अफ नेपालले ‘युनाइटेड नेसन्स इन्टरनेशनल यूथ डे–२०२५’ को अवसर पारेर राजधानीमा आयोजना गरेको एक कार्यक्रममा खड्गीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । खड्गी विगत तीन दशकदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् ।
विसं २०५० सालमा स्वर परीक्षासहित संगीतमा होमिएका खड्गीको ‘तिमी बिना बाँच्न सक्दिनँ’ गीत २०५६ मै हिट्स एफएम अवार्डका लागि मनोनयन भएको थियो । उस्तादद्वय कुमारलाल श्रेष्ठ, मोहनप्रसाद जोशीसँग आधिकारिक सङ्गीत प्रशिक्षण लिएका खड्गी भारतको इलाहावादबाट शास्त्रीय गायन डिप्लोमा स्वर्ण पदक विजेता हुन् ।
गीतमा सङ्गीत, एरेन्जका साथै गायनमा समेत सक्रिय खड्गीले सयौँ गीत गाएका छन् । आनन्द कार्की, रामकृष्ण ढकाल, मुरलीधर, मदनकृष्ण श्रेष्ठ, अन्जु पन्तदेखि थुप्रै नयाँ/पुराना गायक गायिकासँग समेत उनले गायन सहकार्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण