बेइजिङ पुगे नारायणकाजी श्रेष्ठ
बिहीबार, २९ साउन २०८२, १८ : ५८
सारांश
- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ स्वास्थ्य उपचारका लागि बेइजिङ पुगेका छन्।
- यसअघि श्रेष्ठलाई २०८० सालमा चीन भ्रमणका क्रममा हृदयाघात भएको थियो।
- सचिवालयका अनुसार, हाल उनी त्यसैको फलोअपका लागि बेइजिङ गएका हुन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीनको बेइजिङ पुगेका छन् । श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार उनी नियमित स्वास्थ्य उपचारका लागि बुधबार राति बेइजिङ पुगेका हुन् ।
२०८० सालमा चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो । बेइजिङमा रहँदा उनलाई छाती दुखेपछि पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
त्यतिबेला अस्पतालले हृदयाघात भएको बताएको थियो । सचिवालयका अनुसार त्यसैको फलोअपका लागि श्रेष्ठ अहिले बेइजिङ पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण