बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’
सारांश
- बनेपामा एक सय २३ वर्ष पुरानो 'कन्या-पूजा' परम्परालाई निरन्तरता दिइएको छ, जसमा दश वर्षमुनिका कन्याको पूजा गरिन्छ।
- सप्तमी र कृष्ण जन्माष्टमीका दिनमा हुने यस पूजामा हजारौं कन्या सहभागी हुन्छन्, जसमा काभ्रेपलाञ्चोकलगायतका छिमेकी जिल्लाबाट पनि भक्तजन आउँछन्।
- पूजामा कन्यालाई प्रसाद, स्वारी र मिठाइ वितरण गरिन्छ, र प्रत्येक कन्यालाई रातो टीका लगाइन्छ, जसका लागि लाखौंको खर्च लाग्ने गरेको छ।
काभ्रेपलाञ्चोक । प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३ वर्षअघि ‘कन्या–पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) हुँदै आएको छ । उक्त परम्परालाई यसवर्ष पनि निरन्तरता दिन थालिएको छ ।
यस कार्यमा विसं १९५९ देखि बर्सेनि बनेपाली जुट्दै आएका छन् । बनेपाको पूरानो बजारमा वर्षैपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दिन दुई दिन पूजा गरिन्छ । सप्तमी अर्थात् बिहीबार नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा कन्या–पूजा आयोजना गरियो ।
कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार पाँच सय कन्या सहभागी हुने गर्दछन् । सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत कन्यापुजन हुँदै आएको छ ।
नेपालको काभ्रेपलाञ्चोकबाहेक अन्य स्थानमा यस्तो पूजा गरिँदैन । यसवर्ष कृष्ण जन्माष्टमीका दिन शनिबार कन्या–पूजा गरिने तयारी सकिएको समितिले जनाएको छ । रजस्वला नभएका तथा ‘बेल–विवाह’ नगरिएका कन्यालाई पूज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ ।
उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार गरिएको समितिले जनाएको छ । समितिका सचिव प्रकाश कायस्थका अनुसार कन्या पुज्नका लागि आवश्यक सामग्री तथा पुज्ने व्यक्ति तय भइसकेका छन् ।
बनेपामा आसपासका ‘सात गाउँ’ का कन्यालाई पूजा गरिँदै आइएको छ । यो परम्परालाई व्यवस्थित गर्न समिति गठन गरिएको छ । कृष्ण जन्माष्टमीको दिनमा गरिने कन्या–पूजामा काभ्रेपलाञ्चोकलगायत तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब आठदेखि दश हजार कन्या सहभागी हुन्छन् ।
बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पूरानो बजारहुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । जनविश्वासका कारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।
त्यसदिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका छन् । कन्या–पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् ।
पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन पनि छ । बनेपामा हुने कन्या–पूजामाप्रति कन्या रु पाँच सय बराबरका सामग्री उपलब्ध गराइन्छ । गतवर्ष पनि करिब आठ हजार कन्याका लागि रु तीन करोडभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण