वामदेव गौतमले पाए विभाग संयोजनको जिम्मा, अरू के–के छन् निर्णय ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पार्टीका केन्द्रीय विभागको संयोजन गर्ने जिम्मा दिएको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले गौतमलाई विभागको संयोजन गर्ने जिम्मेवारी दिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राष्ट्रिय राजनीतिका बारेमा ब्रिफिङ गरेका थिए । ‘जनतालाई हैरानी दिने अहिलेको सरकार असफल र असक्षम भयो’, अध्यक्ष नेपालले बैठकमा भनेका छन् ।
त्यस्तै नेतृ रामकुमारी झाँक्रीले आत्मालोचना प्रस्ताव पेस गरेकाले उनीसँग थप छलफल गरेर अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित समाजवादी मोर्चासँग सहकार्यका लागि भएका छलफलका सम्बन्धमा पनि अध्यक्ष नेपालले ब्रिफिङ गरेका छन् । ‘अन्तरपार्टी छलफल गर्दै सुदृढ र सहकार्य बलियो बनाउने तथा मोर्चालाई प्रभावकारी बनाउने विषयमा भएका छलफलको प्रगति अध्यक्षबाट जानकारी गराउनुभयो’, अध्यक्ष नेपालको भनाइ उदृत गर्दै नेता ज्वालाले जानकारी दिए । सो पार्टीले रुपन्देही ३ मा हुने उपनिर्वाचनका सन्दर्भमा प्रदेश अध्यक्षलाई सुझाव दिन निर्देशन दिएको छ । त्यस्तै बैठकले पार्टी निर्माणका सवालमा आगामी कार्ययोजना समेत पारित गरेको छ ।
‘संगठन निर्माण, प्रशिक्षण र आन्दोलनका कार्यक्रम पास भएका छन् । यीसहित थप एजेन्डा बनाएर आगामी बैठकमार्फत अनुमोदन गरिनेछ’, ज्वालाले बैठकपछि भने ।
त्यसबाहेक जनसरोकारका विषयमा समसामयिक प्रस्ताव पारित गरेको छ । पारित प्रस्ताव शिक्षा, स्वास्थ्य, कृषि र सरकारले बनाउन लागेका ऐन कानुनलगायत छन् ।
एकीकृत समाजवादीमा विभिन्न ३२ वटा विभाग रहेका छन् । गौतमले यसअघि सङ्गठन विभागको प्रमुखको जिम्मेवारी माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण