लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनको अपार सम्भावना रहेको प्रदेश : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश धार्मिक र सांस्कृतिक पर्यटनको लागि महत्त्वपूर्ण रहेको बताए।
- उनले भगवान बुद्धको जन्मभूमि सहित ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले पर्यटक आकर्षित गर्ने बताए ।
- मुख्यमन्त्री आचार्यले पर्यटन प्रवर्द्धन र संरक्षणका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान् बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने बलियो आधार तयार भएको बताएका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताएका हुन । पर्यटनमैत्री पूर्वाधार, स्वच्छ वातावरण र आतिथ्यपूर्ण व्यवहारमा सबैको ध्यान आवश्यक रहेकोमा उनले विशेष जोड दिए ।
मुख्यमन्त्री आचार्यले कृष्ण जन्माष्टमी पर्वले बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक समाजलाई आपसी प्रेम, सहिष्णुता र सद्भावको सूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले पर्यटन प्रवर्द्धन र संरक्षणका लागि विभिन्न योजना र कार्यक्रम अघि बढाइरहेको छ । प्रेम, मैत्री र सहिष्णुताको भावना बढाउन कृष्ण जन्माष्टमी जस्ता पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको स्मरण पनि उनले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण