सीमा समस्याबारे छलफल गर्न चीनका विदेशमन्त्री भारत जाने
शनिबार, ३१ साउन २०८२, १६ : ००
सारांश
- चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भारत भ्रमणमा जाने भएका छन्।
- भारत र चीनबिच सीमा क्षेत्रका विशेष प्रतिनिधिहरूको वार्तामा वाङ यी सहभागी हुनेछन्।
- परराष्ट्र मन्त्री वाङ यी अगस्ट १८ देखि २० सम्म भारत भ्रमणमा रहनेछन्।
काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भारत भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यो जानकारी दिएका हुन्।
भारत र चीनबिच सीमा क्षेत्रका विशेष प्रतिनिधिहरू बिचको २४ औँ चरणको वार्ता हुँदैछ । यसमा वाङ यी पनि सहभागी हुनेछन्।
भारतको निमन्त्रणामा परराष्ट्र मन्त्रीको यो भ्रमण अगस्ट १८ देखि २० सम्म हुने मन्त्रालयले जानकारी दिएको छ। वाङ यी चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य हुन्।
यसका साथै उनी चीन–भारत सीमा मामिलाका लागि चीनको विशेष प्रतिनिधि पनि हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण