‘डोजर आतङ्क’ रोक्न चार संगठनको माग, सडक संघर्षमा उत्रिन आह्वान
सारांश
- काठमाडौं महानगरपालिकाले भक्तपुरको मनोहरा क्षेत्रमा डोजर लगाएर घर टहरा भत्काएपछि जनसंगठनहरूले विरोध जनाएका छन्।
- जनसंगठनहरूले उक्त कदमलाई 'डोजर आतङ्क' भन्दै तत्काल रोक्न र पीडितलाई राहत दिन माग गरेका छन्।
- उनीहरूले भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन माग गरेका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भक्तपुरको मनोहरा क्षेत्रस्थित सुकुम्वासी बस्तीमा डोजर लगाएर घर टहरा भत्काएको घटनाप्रति चारवटा जनसंगठनले संयुक्त वक्तव्य जारी गर्दै कडा विरोध गरेका छन्।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्वासी संघले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उक्त कदमलाई ‘डोजर आतङ्क’ भन्दै तत्काल रोक्न माग गरेका हुन्।
वक्तव्यमा संविधानले प्रदत्त आवास र भूमिअधिकार खोस्ने काम गरिएको आरोप लगाइएको छ। साथै बस्तीमा डोजर लगाएर उठिबास लगाउन खोज्ने कार्यले काठमाडौँ महानगरपालिका, भूमि समस्या समाधान आयोग र वर्तमान सरकारको दलित, सुकुम्वासी तथा गरिब किसान–मजदुर विरोधी चरित्र उदाङ्गो भएको उल्लेख गरिएको छ।
सङ्गठनहरूले मनोहरामा घर भत्काइएका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिन, भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाउन, साथै भ्रष्ट भूमिमन्त्री र असक्षम आयोगका पदाधिकारीलाई बर्खास्त गरी कारबाही गर्न माग गरेका छन्।
वक्तव्यमा भूमिअधिकारको सङ्घर्षलाई वर्गसंघर्षकै हिस्सा भन्दै देशभरका भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई एकजुट भई सडक सङ्घर्षमा उत्रिन आह्वान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण