भारतीय विदेशसचिवको नेपाल भ्रमण : यस्तो छ दिनभरको व्यस्त सेड्युल
सारांश
- भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउँदै छन्, जसले प्रधानमन्त्री ओलीको भारत भ्रमणको निम्तो दिनेछन्।
- सचिव मिस्रीले राष्ट्रपति, कांग्रेस सभापति देउवा, र माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नेछन् र द्विपक्षीय वार्ता पनि हुनेछ।
- प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेन्डा र समयसीमाबारे छलफल हुनेछ, भ्रमण लम्ब्याउने तयारीबारे पनि कुराकानी हुनेछ।
काठमाडौँ । भारतीय विदेशसचिव विक्रम मिस्री आइतबार नेपाल भ्रमणमा आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका सचिव मिस्री मिस्री प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुको साथै एजेन्डाको विषयमा छलफल हुने बताइएको छ ।
बिहान ९ बजे विशेष विमानबाट नेपाल आउने विदेश सचिव मिस्री सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने स्रोतले जनाएको छ । १०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ ।
राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढा नीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।
सभापति देउवालाई भेटिसकेपछि उनी सिधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानेछन् । प्रचण्डलाई भेटिसकेपछि परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने स्रोतले जनाएको छ। सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन्।
त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने बताइएको छ। भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण लम्ब्याउने विषयमा पनि कुराकानी हुने बताइएको छ ।
भदौ ३१ र असोज १ गते गरी दुई दिन भ्रमण गर्ने यसअघि नै तय भएको हो तर छोटो समय भएको भन्दै भारतको तर्फबाट नै भ्रमण लम्ब्याउने तयारी रहेको बताइएको छ । त्यसमा पनि आज छलफल हुने बताइएको छ ।
भारतको भ्रमणअघि प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने भएका छन् । त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण