बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भारतीय विदेश सचिवको नेपाल भ्रमण

नेपाल आइपुगे भारतीय विदेश सचिव, तस्बिरहरू

आइतबार, ०१ भदौ २०८२, ०९ : २४
आइतबार, ०१ भदौ २०८२

सारांश

  • भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आएका छन्, जसले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिनेछन्।
  • मिस्रीले प्रधानमन्त्री, राष्ट्रपति, र अन्य शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ, जसमा भारत भ्रमणका एजेन्डाबारे छलफल हुनेछ।
  • भ्रमणको क्रममा, प्रधानमन्त्री ओलीको भारत भ्रमण लम्ब्याउने विषयमा पनि छलफल हुनेछ, र उनी भदौ १४ गते चीन भ्रमण गर्दैछन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । भारतीय विदेशसचिव विक्रम मिस्री नेपाल भ्रमणमा आइतबार काठमाडौँ आइपुगेका छन् । 

vikram mishri (8)

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुको साथै एजेन्डाको विषयमा छलफल गर्ने बताइएको छ ।

vikram mishri (7)

बिहान ९ बजे विशेष विमानबाट आइपुगेका विदेश सचिव मिस्री सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने स्रोतले जनाएको छ ।

vikram mishri (6)

१०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।

vikram mishri (5)

सभापति देउवालाई भेटिसकेपछि उनी सिधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानेछन् । प्रचण्डलाई भेटिसकेपछि परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने स्रोतले जनाएको छ। सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन्।

vikram mishri (4)

त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने बताइएको छ। भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

vikram mishri (2)

परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण लम्ब्याउने विषयमा पनि कुराकानी हुने बताइएको छ । 

vikram mishri (1)

भदौ ३१ र असोज १ गते गरी दुई दिन भ्रमण गर्ने यसअघि नै तय भएको हो तर छोटो समय भएको भन्दै भारतको तर्फबाट नै भ्रमण लम्ब्याउने तयारी रहेको बताइएको छ । त्यसमा पनि आज छलफल हुने बताइएको छ ।

भारतको भ्रमणअघि प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने भएका छन् । त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने बताइएको छ । 

vikram mishri (3)

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप