६ बुँदे मापदण्ड परिमार्जन गर्दै अध्यागमन विभाग
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा विदेश यात्रा गर्दा बुझाउनुपर्ने कागजातसम्बन्धी नियम परिमार्जन हुँदैछ।
- अध्यागमन विभागले मापदण्ड परिमार्जन गर्न लागेको र यसको कारण बिचौलिया र कर्मचारीको चलखेल रहेको आरोप छ।
- भिजिट भिसा प्रकरणमा छानबिन भइरहेको छ, जसमा पूर्व मुख्यसचिव शंकरदास वैरागीको समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग संलग्न छन्।
काठमाडौँ । भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा ६ प्रकारका कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बुझाउनुपर्ने नियम परिमार्जन गर्न लागिएको छ ।
२०८० माघ १० बाट लागु गरिएको ‘मापदण्ड’ परिमार्जन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले रातोपाटीलाई बताए । उनले भने, ‘मापदण्ड परिमार्जन गर्न खोजेका छौँ ।’
तत्कालीन गृहमन्त्री स्तरीय निर्णयले लागु गरिएको मापदण्डमा भिजिटमा विदेश जाँदा दुई तर्फी हवाई टिकट, ५ सय अमेरिकी डलर बराबरको नगद साटेको प्रमाण र भ्रमण अवधिभर होटल बुकिङ्ग गरेको प्रमाण देखाउनुपर्छ ।
मापदण्ड अनुसार कम्तीमा ६ महिना वैध भएको राहदानी, सम्बन्धित देशको प्रवेषाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भएर प्रवेषाज्ञा नचाहिने व्यवस्था छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्छ । युएई, बहराइन, कुवेत, कतार ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वः घोषण गर्नुपर्ने मापदण्ड छ ।
त्यस्ता कागजात सर्वसाधारणले सहज रूपमा बनाउन सक्दैनन् । तर, बिचौलियाहरू र अध्यागमनका कर्मचारीले पर्यटक भिसाको नाममा त्यही मापदण्डमा टेकेर ‘सेटिङ’मा विदेश पठाउने र असुल्ने धन्दा चलाउँदै आएको आरोप छ ।
काठमाडौँ उपत्यकाका केही ट्राभल एजेन्सी र मेनपावर एजेन्टहरुले ५ सय अमेरिकी डलर साटेको छाप लगाएर दिने गरेर आरोप छ । मापदण्डलाई आधार मानेर कर्मचारी र बिचौलियाले थप चलखेल गरेको निष्कर्षको आधारमा विभागले सो मापदण्ड परिमार्जन गर्न लागेको हो ।
भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव शंकरदास वैरागी नेतृत्वको समितिले छानबिन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई र ३ जना बिचौलियामाथि विस्तृत अनुसन्धान गर्दै छ । भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिला अनुसन्धानको दायरामा छन् ।
वैरागी नेतृत्वको समितिलाई अध्यागमन विभागले मापदण्ड खारेज गर्नुपर्ने भन्दै पत्राचार गरेको छ । अध्यागमन विभागका एक जना अधिकृत भन्छन्, ‘पूर्व मुख्यसचिव शंकरदास वैरागी नेतृत्वको समितिलाई मापदण्ड खारेज गर्नुपर्ने सुझाव सहित पत्राचार गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण