भारतीय विदेश सचिव मिस्रीले भेटे कांग्रेस सभापति देउवा
सारांश
- भारतीय विदेश सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
- भेटमा नेपाल-भारत सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो।
- मिस्रीले यसअघि प्रधानमन्त्री र राष्ट्रपतिको साथ पनि भेटघाट गरेका थिए।
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । देउवा निवास बुढानीलकण्ठ पुगेर मिस्रीले देउवालाई भेटेको देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
भेटमा पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित निकट र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको देउवाले फेसबुकमा लेखेका छन् ।
‘हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित निकट र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो,’ देउवाले लेखेका छन् ।
मिश्री आइतबार बिहान नेपाल भ्रमणमा आएका हुन् । उनले यसअघि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग र शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण